र्‍यापर ‘लाहुरे’ अझै १७ दिन थुनामै रहने, हिरासतमा राख्न अदालतले दियो अनुमति

पालिका डायरी
२६ पुष २०७८, १३:०५
र्‍यापर 'लाहुरे' पाेखराबाट पक्राउ

लागूऔषध कारोवारीसँग पक्राउ परेका र्‍यापर ‘लाउरे’लाई १७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पुस १४ गते पोखराको न्यूरोडबाट लागूऔषधसहित पक्राउ परेका आशीष रानामगर अर्थात् लाहुरेलाई यसअघि ७ दिनको म्याद थप भएको थियो । अहिले दोस्रो पटक १७ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले बताए ।

‘१७ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएका छौं,’ एसपी थापाले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी लागूऔषध सेवनकर्ता भएको खुलेको थियो । उनीसँगै ध्रुव थापा, नवीन गुरुङ र सुस्मिता गुरुङ १३ दशमलब १ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

प्रतिक्रिया