चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

पालिका डायरी
२५ पुष २०७८, ०८:०२
चार दिनदेखि बाँकेमा लगातार बाघको आक्रमण

बुधबार सालको पात टिप्न गएकी राप्तीसोनारी–४ बैजापुरकी ३० दुर्गा थारु बाघको आक्रमणमा परिन्। बाघसँग प्रतिकार गर्दा उनले ज्यान बचाइन् । बिहीबार जंग्मा घाँस काट्न गएकी राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको बाघ आक्रमणमा परि मृत्यु भयो। उसो त शुक्रबार पनि बाघले आक्रमण गर्‍यो। जंगलमा बाख्रा चराउन गएका राप्तीसोनारी–५, का बमबहादुर पुन शुक्रबार पाटेबाघको आक्रमणबाट जोगिए।

बाख्रा चराउन उनी स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र गएका थिए। झाडीमा लुकेर बसेको बाघले आक्रमण गर्ने प्रयास गरे पनि उनी रुखमा चढेर जोगिए । उनका बाख्रा भने पाठेबाघले खाएको थियो। रुख चढेर उनले ज्यान बचाए। लगातार तीन दिन हिंसात्मक गतिविधि गरेको बाघले शनिबार फेरि अर्की महिलालाई आक्रमण गरेको छ ।

बाघको आक्रमणमा परेर दाउरा काट्न सामुदायिक जंगलमा गएकी राप्तीसोनारी फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको मृत्यु भएको छ। पछिल्ला चार दिन लगातार बाघले आक्रमण गरेको छ।

प्रतिक्रिया