बाघको छालासहित ४ जना पक्राउ

पालिका डायरी
२४ पुष २०७८, ०९:२६
बाघको छालासहित ४ जना पक्राउ

दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका- १ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका -२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका- ३ टिकुलीगढबाट बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक पौडेलले बताए । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया