दिनभर आगो बालेर पढ्छन् विद्यार्थी

पालिका डायरी
२७ मंसिर २०७८, १०:०६
दिनभर आगो बालेर पढ्छन् विद्यार्थी

मुगु : जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाँउपालिका—३ ताखामा ०७६ स्थापना गरिएको नेपाल राष्ट्रिय आवासीय विद्यालयमा अध्यन गर्ने कक्षा ४ देखि ७ सम्मका विद्यार्थी विद्यालयको क्षेत्रभित्र हिउँदमा एक दिनसम्म घाम देख्न नपाएपछि दिनभर आगो तापेर पढ्ने गरेका छन्।

यो गाउँपालिकाका सबै विद्यालय हिउँदको दुई महिना पूर्ण रुपले बन्द गर्ने भए पनि कोरोना भाइरसले दुई वर्ष फागुनदेखि असारसम्म विद्यालय बन्द भएकाले विद्यार्थीको पढाइमा बाधा नहोस् भनी गाउँपालिकाले हिउँदमा समेत विद्यालय सञ्चालन गरेपछि विद्यार्थी मंसिरदेखि फागुनको दोस्रो हप्तासम्म दिनभर आगो तापेर पढ्ने गरेका हुन्।

यो आवाशीय विद्यालयमा कक्षा ४ देखि ७ सम्म २ सय ५० जनाभन्दा बढी अध्यनरत छन्। विद्यालय निमार्ण गरिएको स्थानमा हिउँदमा मंसिरदेखि फागुनसम्म घाम एक मिनेट पनि देखिंदैन। कोरोना संक्रमण फैलिनुभन्दा अघिका वर्षमा यो विद्यालय मात्र नभइ गाँउपालिकाका अन्य विद्यालय हिउँदे बिदा हुने भएकाले विद्यार्थीले चिसोमा पढ्न पर्दैन थियो।

कोरोनाका कारण विद्यालय बन्द भएको कारण विद्यार्थीको पढाइमा बाध भएकाले यो वर्ष हिउँदे बिदा नगरी पढाउनु पर्ने भएका आवाशीय विद्यालयका विद्यार्थीले चिसोमा कष्टकर अवस्था भोग्नु परेको छ। बिहान दुई घण्टा विद्यार्थीलाई घाम ताप्न विद्यालयभन्दा १० मिनेट टाढा कर्णाली नदीमा लिनुपर्छ त्यसपछि दिनभर विद्यार्थी आगो तापेर पढ्ने गरेको विद्यालयका प्रअ कुसल शाहीले बताउँछन्।

गाउँमा विद्यालय भए पनि नियमित पढाइ नभएकोले केही अभिवावकले यो आवाशीय विद्यालयमा भर्ना गरेका छन्। यो विद्यलयमा पढाइ र खानपिन राम्रो छ। अभिभावकले कुनै रकम तिर्नु पर्दैन। तर चिसोका कारण बालबालिकालाई सारै समस्या भएको छ। दिनभर आगो तापेर पढ्ने गरेको देख्दा मन खिन्न हुने गरेको मुगुम कार्मारोङ गाँउपालिका—३ का विद्यार्थीका अभिभावक कार्मा तामङले बताए।

मंसिरदेखि फागुनसम्म घाम नदेखेर पढ्नु परेको विद्यार्थीहरु बताउँछन्। उनीहरुलाई आगो ताप्न चाहिने दाउरा जङ्गलबाट खोजेर विद्यालयका सहयोगी र होष्टेलमा कार्यरत महिलाले ल्याउने गरेकाले आगो तापेर भए पनि पढाइमा केही सहज भएको विद्यार्थीले बताएका छन्।

‘दिनभर बिहानदेखि बेलुकासम्म विद्यार्थीको खाना र नास्ता बनाउँदै हैरान हुन्छ। यो हिउँदमा विद्यार्थीले एक छिन पनि घाम देख्न पाउँदैनन्’, विद्यालयका सहयोगी खड्क ऐडिले भने। चिसोकै कारण पढाइमा बाधा नहोस् भनेर कसैले खाना नास्ता बनाउने कसैले दाउरा टिप्न जानु पर्ने अवस्था रहेको उनले बतए।

प्रतिक्रिया