१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ, चुच्चे नक्सा भने छुट्ने

पालिका डायरी
२५ कार्तिक २०७८, ११:२९
१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ, चुच्चे नक्सा भने छुट्ने

काठमाडौं/  आज देखि नेपालको १२औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो ।

आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय तथ्याङ् विभागले जनाएको छ । विभागका अनुसार आज सबैभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरेर जनगणनाको शुभारम्भ गरिनेछ । त्यसपछि आजदेखि मुलुकभर ४० हजार गणक र ८ हजार पाँच सय सुपरिवेक्षक खटिनेछन् ।

सुपरिवेक्षकले भने फिल्डमा खटिएका गणकहरुलाई सहजिकरण गर्नेछन् । ४० हजार जनागणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउने र बढीमा ३० मिनेट लाग्ने गरि प्रश्न तयार गरिएको केन्द्रिय तत्थ्याङ्क विभागले जनाएको छ । जसमा जम्मा ८० प्रश्न सोधिने छ। प्रश्नका उत्तरहरु गोप्य राहने पनि तथ्याङ्क विभागले जनाएको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरामा असम्भव

जनचासोको रुपमा हेरिएको विवादित नेपाली भूमी लिपूलेक, कालापानी र लिम्पियाधुरामा भने जनगणनाका अनिश्चित बनेको छ ।

त्यस क्षेत्रका केही गाउँका विवरण लिएपनि पूर्ण विवरण लिन नसकिएको केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ । पूर्ण विवरणका लागि प्रशासनले स्वीकृति नदिएकाले हाललाई सम्भव नरहेको विभागले जनाएको छ ।

‘कालापानी, लिपुलेक क्षेत्रमा चार–पाँच वटा गाउँ छन्। केही गाउँमा तथ्याङ्क विभागका कर्मचारीले घर परिवार सूचीकरण भएकोछ। तर, केही ठाउँमा प्रशासनको स्वीकृति लिएर मात्रै जान मिल्ने अवस्था छ । यसले गर्दा त्यस ठाउँमा स्वीकृतिको लागि बाँकी राखेका छौं। मिल्यो भने फेरि विभागका कर्मचारी जानेछने। यो पहल सरकारी पहलबाट मात्रै हुने कुरा हो,’ विभागले भन्यो।

यसअघिको सरकारले कालापानी लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेकाे थियो । यो सँगै नेपाली जनताले गुमेको भूमि फर्किएको आभास गरेका थिए । तर सरकारले प्रशासनिक रुपमा भने प्रयोग र कार्यन्वयन नहुदा निरास हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया