स्यालको टोकाइबाट पाँच जना घाइते

पालिका डायरी
१७ कार्तिक २०७८, २१:३६
स्यालको टोकाइबाट पाँच जना घाइते

 

 सर्लाही/ सर्लाहीमा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् ।

हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालले मानिसलाई टोकेपछि स्थानीयवासी त्रसित भएको जनाइएको छ ।

उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपका बताइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका अनुसार स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया