त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद

पालिका डायरी
३ मंसिर २०७८, १४:१८

काठमाडौँ/  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ ।

शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

तरल बनाएर सुन ल्याएको देखिएको र उक्त वस्तु परीक्षणको लागि प‍ठाउने तयारी भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया