संसद्ले सिन्को भाँचेन : नेम्वाङ

पालिका डायरी
२ मंसिर २०७८, १८:४७
संसद्ले सिन्को भाँचेन : नेम्वाङ

 

विराटनगर/  एमाले नेता सुवासचन्द्र नेम्वाङले संसद्ले सिन्को नभाँचेको बताएका छन्। सरकारले संसद्लाई काम दिन नसकेको उनको भनाइ छ।

प्रेस चौतारी मोरङले विहीबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले सो कुरा बताएका हुन्। एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता नेम्वाङले प्रधानन्याधीश चोलेन्द्रशम्सेर जवराको राजीनामा माग गर्दै न्यायाधिशले इजलास बहिस्कार गर्नु ठिक नभएको बताए। उनले भने,‘ इजलास बहिस्कार गर्नु ठिक हैन, दुःखद हो।

सर्वोच्चमा देखिएको विवाद जतिसक्दो चाँडो निश्कर्षमा पुगोस्।’ अदालतमा देखिएको समस्या आन्तरिक भएकाले दलहरुले विचार गर्नुपर्ने उनले बताए । उनले भने,‘ यस्तो परिस्थितिमा दलहरु जिम्मेवार हुनुपर्छ ।’

फरक प्रसङ्गमा नेता नेम्वाङले आसन्न महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे प्रष्ट बताउन चाहेनन्। उनले भने,‘ अध्यक्ष केपी ओली नै हो। त्यसपछिको पदका बारेमा छलफल भइरहेको छ।’ वरिष्ठ उपाध्यक्षमा तपाईंको दावी छ? भन्ने जिज्ञासामा उनले भने,‘ छलफलमा छौं, सहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको छ।’

प्रतिक्रिया