पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

पालिका डायरी
१ मंसिर २०७८, १६:५३

 

काठमाडौं/  शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रदान गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई ई पासपोर्ट हस्तान्तरण गरेका हुन् ।

सरकारले बुधबारबाट ई–पासपोर्टलाई अनलाइन बुकिङको व्यवस्था गरेको छ । केही दिनदेखि राहदानी विभागको नयाँ भवन त्रिपुरेश्वरबाट ई–पासपोर्ट वितरण गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताएका छन् ।

प्रतिक्रिया