ग्लोबल बायो इनर्जीमा आगलागी

पालिका डायरी
१ मंसिर २०७८, १३:५७
ग्लोबल बायो इनर्जीमा आगलागी

 

काठमाडौं/  पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ ।

आज बिहान पौने ६ बजे आगलागी हुँदा उक्त उद्योगमा कच्चा पदार्थकोरुपमा प्रयोग हुने पुराना टायरहरु जलेर नष्ट भएको छ । यस्तै टायरबाट तार निकाल्ने मेसिन र टायर काट्ने मेशिनहरुमा क्षति पुगेको छ ।

उद्योग सञ्चालन नभएको अवस्थामा आगलागी भएको सञ्चालक बिनित सिंघानियाले बताउनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँको अनुमान छ ।

विराटनगर महानगरपालिका भित्रका दमकलले मात्र आगो नियन्त्रण हुन नसकेपछि रंगेली, बेलबारी, कानेपोखरीसहित सुनसरीको इनरुवा र दुहबीलगायतका पालिकाबाट समेत दमकल बोलाइएको उद्योग प्रशासनले जनाएको छ । स्थानीयबासी, दमकल र प्रहरी प्रशासनको सहयोगबाट ८ बजेपछि मात्र आगो नियन्त्रण भएको थियो ।

प्रतिक्रिया