बसको ठक्करबाट नाबालकको मृत्यु

पालिका डायरी
३० कार्तिक २०७८, १०:३२

 

विराटनगर/  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ मा यात्रुबहाक बसको ठक्करबाट मंगलबार बिहान एक नाबालकको मृत्यु भएको छ। काठमाडौंबाट झापाको काँकडभिट्टातर्फ यात्रु लिएर जाँदै गरेको प्रदेश ३–००१ ख २०० नम्बरको बसले ठक्कर दिँदा बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको हो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर चन्द्रबहादुर खड्काका अनुसार आमा भावना आचार्यसँगै सडक पार गर्दै गर्दा तीव्र गतिमा रहेको बसले नाबालकलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका विवशको उपचारका क्रममा पथरी अस्पतालमा मृत्यु भएको जानकारी खड्काले दिए। उनका अनुसार बस र चालक भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ का ३४ वर्षीय शम्भु थापालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान थालिएको छ।

प्रतिक्रिया