जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ को अवस्था गम्भीर

पालिका डायरी
२८ कार्तिक २०७८, १३:२५
accident

रोल्पामा आइतवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

रा १ ज ३८२ नम्बरको जीप मादी गाउँपालिका–२, शहीदमार्ग भन्ने ठाउँमा करीब साढे १० बजे दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण रानाका अनुसार मृतकको पहिचान हुन सकेको छैन । जीप ३०० मिटर तल खसेको उनले जानकारी दिए ।

‘भीरमा रहेका तीन शव स्वास्थ्य केन्द्रमा राखिएको छ,’ उनले भने, ‘मृतकको पहिचान हुन सकेको छैन ।’

दुर्घटनामा घाइते तीन जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरूलाई जिल्ला अस्पताल लैजाँदै गरेको प्रहरी निरीक्षक रानाले बताए ।

प्रहरीका अनुसार जीप मादी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट सोही गाउँपालिकाको वडा नम्बर २ घर्तीगाउँ तर्फ जाँदै थियो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया