जनकपुरमा झडप, ६ घाइते

पालिका डायरी
२७ कार्तिक २०७८, २०:२४

 

धनुषा/ जनकपुरमा हिन्दू धर्मावलम्बीलाई छठ मनाउन मुस्लिम समुदायले अवरोध गरेपछि झडप भएको छ । बिहीबार जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा छठ पर्व मनाउने क्रममा विवाद उत्पन्न भएको हो ।

झडपपछि स्थानीय प्रशासनले सयौँको संख्यामा प्रहरी परिचालन गरेको छ । घटनामा चारजना सशस्त्र, एक नेपाल प्रहरी र एक महिला गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तनाव साम्य पार्न प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । दुवै पक्ष एक अर्काको घेराबन्दीमा रहेको कारण कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने सम्भावना देखेर व्यापक संख्यामा प्रहरी परिचालन र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया