३१७ संक्रमित थपिए, ६ जनाको मृत्यु

पालिका डायरी
२५ कार्तिक २०७८, १९:३५
३१७ संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौं/ कोरोना भाइरसका संक्रमित बढेका छन् ।

बिहीबार ३१७ संक्रमित थपिएकामा २७९ जनालाई मात्र निको भएसँगै सक्रिय संक्रमित बढेका हुन् ।हाल सक्रिय संक्रमितको संख्या बढेर ७ हजार ५ सय ३५ पुगेको छ ।

९ हजार ६ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३ दशमलव १४ प्रतिशतलाई संक्रमण देखिएको हो ।थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ११ हजार ४ सय ६६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया