नेपाल बारको सल्लाहकार बैठक : ३७ मध्ये ३६ जनाले मागे प्रधानन्यायाधीशको राजीनामा

पालिका डायरी
१० कार्तिक २०७८, ०७:३५

 

काठमाडौं । नेपाल बार एशोसियसनको सल्लाहकार बैठकमा सहभागी ९९ दशमलव ५ प्रतिशत सहभागीहरूले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने विचार राखेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अधिवक्ता टीकाराम भट्टराईले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पूरा गर्न नसकेको र उहाँको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरूको समेत विश्वास जित्न नसकेको भन्दै उहाँले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिकाको गरिमा र प्रतिष्ठा पनि उहाँले गिराउनुभो । त्यसैले उहाँको निरन्तरताले न्यायपालिकाको गरिमा र प्रतिष्ठा झन् खस्किने हुनाले उहाँले अविलम्ब राजीनामा गर्नुपर्छ भन्ने सुझाव रह्यो ।’

प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा नदिएमा देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिनुभयो ।

प्रतिक्रिया