सुर्खेतको सामुदायिक वनमा घाँस काट्न गएका दिदी-भाई बम पड्केर घाइते

पालिका डायरी
६ कार्तिक २०७८, १७:०१

 

सुर्खेत । सुर्खेतको सामुदायिक वनमा घाँस काट्न गएका दिदी-भाई बम पड्केर घाइते भएका छन् ।

शनिबार बिहान वीरेन्द्रनगरनजिक रहेको सामुदायकि वनमा घाँस काट्न भनेर गएका गुराँस गाउँपालिका–६ का २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ नरेश परियार बम विस्फोट हुँदा घाइते भएका हुन्।

घाँस काट्दै जाँदा अचानक खुट्टा बममामाथि पर्दा पड्केर दुवै घाइते भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दिदी भाई सुर्खेतको वीरेन्द्रनगरमा डेरा गरी बस्दै आएको पनि प्रहरी कार्यालयले जनाएको छ ।

अहिले उनीहरू दुवैको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य जानकारी दिइएको छ।

पड्किएको बम धेरै पूरानो रहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया