हेटौंडामा पूर्व डीआईजी रमेश खरेलको सुशासन अभियानको भेला

पालिका डायरी
४ कार्तिक २०७८, ०८:४५

 

हेटौंडा । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलले सुरु गरेको नेपाल सुशासन अभियानको आज हेटौंडामा भेला हुने भएको छ ।

आज हेटौंडा-४ को अजरअमर रोड स्थित एभरेष्ट जाभा हाउसमा दिउँसो हुने भेलालाई खरेलले संवोधन गर्ने कार्यक्रम तय भएको स्थानीय आयोजक महेश मगरले जानकारी दिए ।

गत आइतबार काठमाडौंको शान्ति वाटिकामा पत्रकार सम्मेलन गर्दै खरेलले सुशासन अभियानको घोषणा गरेका थिए ।

उनले दलहरूले नेपाललाई अफगानिस्तान, सुडानजस्तो बनाउन लागेको भन्दै आफ्नो अभियानले त्यस्ता विषयलाई रोक्ने बताएका थिए ।

आज हेटौंडामा हुने भेलाले अभियानको मकवानपुर जिल्ला समिति समेत घोषणा हुने संभावना रहेको बताईएको छ ।

प्रतिक्रिया