एमालेमा फुटको असर देखिएन, प्रतिस्पर्धा गर्न निकै कठीन छ : रामचन्द्र पौडेल 

पालिका डायरी
४ कार्तिक २०७८, ०७:११

 

हेटौंडा/ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माधवकुमार नेपाल समूहले नयाँ पार्टी बनाए पनि एमाले कमजोर नभएको तथ्यलाई आत्मसाथ गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ ।

धादिङमा भएको एक कार्यक्रममा बरिष्ठ नेता पौडेलले एमालेमा बिभाजनको रत्तिभर असर नपरेको र देशभरको अवस्था हेर्दा एमाले नफुटेको तथ्यले स्थापित गरेको समेत बताउनु भयो । ‘एमालेसितको लडाइँ सामान्य छैन, एमाले अझै कमजोर छैन, एमाले सिंगै छ, फुटेको छैन । एमालेसँगको प्रतिस्पर्धा निकै सशक्त छ,’ कांग्रेस महामन्त्री डा. सशांक कोइरालासहितका नेताहरुलाई दाँया बाँया राखेर पौडेलले भन्नुभयो ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले एमालेसँग लड्न नसक्ने ठोकुवासमेत पौडेलले गर्नुभएको छ । एमालेसँग प्रतिस्पर्धा गर्न निकै कठीन छ, त्यसका लागि कांग्रेस कस्तो हुनुपर्ने हो ? कति सक्षम हुनुपर्ने हो ? यस्तै खिचिमिचीले एमालेसँग लड्न सकिँदैन,’ आफ्नो निश्कर्ष सुनाउँदै पौडेलले भन्नुभएको छ । उहाँले एमालेसँगको लडाई सामान्य नरहेको पनि बताउनु भयो ।

प्रतिक्रिया