क्याम्पस पढ्न आफै खर्च जुटाउन सफल गोले

पालिका डायरी
१० आश्विन २०७८, २०:४९
क्याम्पस पढ्न आफै खर्च जुटाउन सफल गोले

सुनिता बिष्ट

हेटौंडा / विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणको सरकारद्धारा लकडाउन तथा निषेधाज्ञा जारी भयो । लकडाउनका कारण व्यापार व्यवसायहरु लगाएत सबै क्षेत्रहरु बन्द रह्यो । सबै क्षेत्रहरु सँगै शैक्षिक गतिविधिहरु पनि ठप्प रह्यो । शैक्षिक संस्थाहरु बन्द रहँदा धेरै बिद्यार्थीहरु लागूऔषध दूव्र्यसनी लगाएत अन्य गलत बाटोमा लागे भन्ने तथ्यांकहरु विभिन्न सामाजिक संस्थाहरुद्धारा सार्वजनिक भैरहेका थिए । शैक्षिक गतिविधि बन्द रहँदा बालबालिकाकाहरु गलत बाटोमा लागेनन् भन्ने त होइन । तर केहि बिद्यार्थीहरुलाई भने शैक्षिक संस्था बन्द रहँदा जीवनको दैनिक पाठमा नयाँ खाका कोर्ने प्रेरणा मिलेको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीका २१ बर्षिय रमेश गोले नेवारपानीमै रहेको श्री अरनीको सेकेन्डरी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यन गर्दै थिए । कक्षा १० को अन्तिम परिक्षा अर्थात एसईईको परिक्षा दिने तयारीमा रहेका उनलाई कोभिडको प्रभावले नयाँ पाठ सिकायो । परिक्षा होला कि नहोला भन्ने अन्यौलताले जेलिएका गोले परिक्षा भए पनि दिन जान्छु । नभए पनि ठिकै छ भन्दै व्यवसायीक तरकारी खेती गरेर क्याम्पस पढ्नको लागि खर्च जोहो गर्न तर्फ लम्किए ।

लकडाउनको समयमा घरमा यत्तिकै बसिरहनुभन्दा परिवारलाई पनि साथमा लिएर व्यवसायीक रुपमा केहि गरौं भन्ने इच्छा पलायो । यसैअनुरुप उनले औषधीको रुपमा पनि प्रयोग हुँदै आएको अखबरे खुर्सानी रोप्ने निधो गर्दै एसईईको परिक्षाको तयारी गर्दै अखबरे खुर्सानीको बिउ राख्न पनि सुरु गरे । एसईईको परिक्षाको नतिजा त मुल्याकंनको आधारमा प्रकाशित भयो । उनले राम्रै ग्रेड पनि ल्याउन सफल भए । एसईई सँगै गोले आफ्नो व्यवसायमा पनि सफल देखिए ।

अहिले उनलाई चिन्ने जान्ने मानिसहरुले मकवानपुरकै साना युवा कृषि उधमी रमेश भनेर चिनिने गरेका छन् । हाल उनको बारीमा अखबरे खुर्सानी रातो भएर पाकिरहेको पाइन्छ भने हाइब्रिड काक्रो पनि लहलह भैरहेको छ । अखबरे खुर्सानी टिप्ने, बेच्ने काम सँगै उनले अहिले कक्षा ११ मा अध्ययन गर्न सुरु गरिसेका छन् । हेटौंडा १९ बस्तिपुरमा रहेको निर्मल उच्च माध्यामिक विद्यालयमा उनले उच्च शिक्षालाई निरन्तरता दिन थालिसकेको उनी बताउँछन् ।

सानै उमेरदेखि स्कुल पढ्ने बेलादेखि दाजुको देखासिकीमा तरकारी खेती गर्दै आएका गोलेले अहिले व्यावसायीक अकबरे खुर्सानी खेतीले निकै चर्चा कमाएको छ । नेपालमा केहि गर्न सकिन्न भन्दै परदेश पलाएन हुनेहरुको लागि सानै उमेरमा गरिएको गोलेको कृषिले धेरैलाई आकर्षण गर्न थालेको छ । उनले आफ्नो भिनाजुको सल्लाहमा व्यावसायीक अकबरे खुर्सानी खेती गरेको बताउँछन् । गोडमेलको झन्झट नहुने भन्दै उनले मल्चिङको प्रयोग गरि व्यावसायीक अकबरे खुर्सानी लगाएका छन् ।

पशुपालनबाट निस्किएको मलको सदुपयोग गर्दै व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् । त्यसैले उनले उत्पादन गरेको पिरो अखबरे खुर्सानीको माग धानिनसक्नु नै रहेको अनुभव सुनाउँछन् । आर्गानिक खुर्सानीको बजारमा राम्रो माग रहेको छ, उनले भने । हाल उनले उत्पादन गरेको खुर्सानी फर्मबाट नै रु २ सय ५० रुपैंया देखि ३ सय रुपैंया सम्ममा बिक्री हुने उनी बताउँछन् ।
उनले भने ः स्वदेशमा कृषिमा सम्भावाना देखेर कृषिमा लागेको हुँ, पशुपालनबाट निस्किएको मलको प्रयोग गर्दै आर्गानिक तरकारी खेतीसँगै व्यावसायिक रुपमा खुर्सानी खेती गरेको छु, सिजनमा एकपटकमा ७० देखि ८० किलोसम्ममा टिप्ने गरेको छु, किन्नका लागि व्यवसायी फर्ममा नै आउँछन् । अहिले आफ्नो लगानी उठाइसकेको अझै टिप्न बाकी भएको हुँदा अबको उत्पादन नाफामा गणना हुने उनी बताउँछन् । मकै लगाउने बारीमा अकबरे खुर्सानी लगाउदा मकैले भन्दा बढी फाइदा हुने हुँदा अकबरे खुर्सानी लगाएको बताउँदै, यो पहिलो अनुभव हो अब अर्को बर्ष थप उत्पादन गर्ने उनको भनाइ छ ।

‘मैले उत्पादन गरेको खुर्सानी आर्गानिक भएकाले बजारमा माग धेरै रहेको छ, यहाँबाट ठेकेदारले खुर्सानी हेटौंडा ,बिरगंज काठमाण्डौ लगायत ठाउँमा लैजाने गरेका छन् । खुर्सानीबाट पनि आम्दानी निकै राम्रो छ,’ उनले भने । स्वदेशमा व्यावसायिक रुपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया