नेटा एक्स बन्यो थाइल्याण्डमा सबै भन्दा धेरै बिक्री हुने एसयुभी ईभी
चिनियाँ ब्राण्ड नेटा एक्सले लगातार दुई महिना थाईल्यान्डमा सबै भन्दा धेरै बिक्री हुने एसयुभी बनेर आफ्नो जीतको श्रृङ्खला जारी राखेको छ ।
थाईल्यान्डमा २०२४ अक्टोबर र नोभेम्बरमा बिक्री भएका एसयुभिहरुमा सबै भन्दा बढी बिक्री भएको नेटा एक्सले बताएको छ । अक्टोबर र नोभेम्बरमा नेटाका दुई भेरियन्टहरु नेटा एक्स ४०१ कन्फर्ट तथा नेटा एक्स ४८० स्मार्ट बिक्रीको तथ्यांकलाई आधार मानिएको छ ।
थाईल्यान्डमा लागि नेटा ब्रान्डका विभिन्न सवारी साधन बिक्री वितरण हुदै आईरहेका छन् । चिनियाँ ब्रान्ड नेटाको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्स हो । नेपालमा नेटा भी तथा नेटा एस मोडलमा ईलेक्ट्रिक कारहरु उपलब्ध छन् ।
नेटा एक्स एकपटक चार्ज गर्दा ५०० किलोमिटरसम्म चल्न सक्छ । यसमा १८५ एम एम ग्राउन्ड क्लियरेन्स छ । सिएटियलका अत्याधुनिक लिथियम आइरन फस्फेट ब्याट्रीहरूमा आधारित छ । नेटा एक्सले पनि ८ वर्ष वा १ लाख ८० हजार किमिको वारेन्टी दिएको छ ।
नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै गएको छ । सीजी मोटर्सले ईभी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको दाबी गरेको छ । केहि दिन अघि बागडोलमा नयाँ सर्भिस स्टेसन उद्घाटन भएको छ । नेपालभरी २१ सर्भिस स्टेसन तथा स्पेयर पार्ट्स बिक्रिको सञ्जाल निर्माण भएको छ ।
कम्पनीले नेपालभरी २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ । यसको सञ्जाललाई अझै विस्तार गरिरहेको कम्पनीले दाबी गरेको छ ।