स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते

पालिका डायरी
२० मंसिर २०८१, १२:२०
accident

कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ का ३० वर्षीय एकतन चौधरी छन् । लम्कीचुहा नगरपालिका-१० चुहामा स्थानीय सनराइज स्कुलको मप.०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीका चौधरीले उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटीका २४ वर्षीय विक्रम चौधरी घाइते भएका छन् ।

बस चालक घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया