राष्ट्रियसभाका लागि बागमतीमा एमालेबाट चार सिटमा दियो उम्मेदवारी

पालिका डायरी
२३ पुष २०८०, १५:५२

हेटौंडा / राष्ट्रियसभा निर्वाचनका लागि बागमतीको चार सिटको लागि एमालेले मनोनयन दर्ता गराएका छन्।

बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्। जसमा रोचकुमारी चौलागाईँ, ध्रुबराज विश्वकर्मा, त्रिलोचन निर्मल पौडेल र बिवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।

बागमतीमा चार जनाको पद रिक्त हुँदै छ। यस प्रदेशबाट एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो।

प्रतिक्रिया