२५ किलो चरेससहित दुई जना पक्राउ, ५५ किलो गाँजा एयरपाेर्टबाट बरामद

पालिका डायरी
१ पुष २०८०, १३:२५
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

काठमाण्डौको बलम्बुबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

चरेसकाे करोबार गरिरहेको बेला २५ किलो  चरेससहित उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेको ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया