ईन्द्र बानियाँले विद्यालय बारे छलफल गर्न घर बोलाएर ‘पार्टी प्रवेश’ गराए

पालिका डायरी
२० भाद्र २०८०, १४:२४

नेकपा एमाले मनहरी गाउँपालिका सचिवालय सदस्य चतुराम मोक्तान तथा एमाले मनहरी गाउँपालिका वडा नंबर २ का उपसचिव रविन्द्रबहादुर डिम्डुङले आफुहरुलाई झुक्याईएर कांग्रेस प्रवेश गराईएको भन्दै आपत्ती प्रकट गरेका छन् ।

आज एमाले मकवानपुर पार्टी कार्यालय पुगेर उनिहरुले विद्यालयको विषयमा छलफलको लागि बोलाएर एक्कासी खादा लगाउँदै पार्टी प्रवेश गरेको भन्ने हल्ला गरेको दुबैजनाको आरोप रहेको छ ।

प्रदेशसभा सांसद इन्द्रबहादुर बानीयाँले सांसद विकास कोष मार्फत विद्यालयलाई सहयोग गर्नेगरि छलफल गर्न भनेर आफुहरुलाई बोलाएर झुक्याएर पार्टी प्रवेशको हल्ला फिँजाईएको प्रति दुबैजनाले आपत्ती जनाएका छन् ।

दुबैजनाले प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु एमालेको अभियानमानै रहेको र कांग्रेस प्रवेशको हल्ला भ्रम रहेको बताएका हुन् ।

यस्तो छ प्रेस विज्ञप्ती

प्रतिक्रिया
manahari-1536×1152