कोशी सरकारविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दैमा’, जवाफी बहस बिहीबार हुने

पालिका डायरी
१९ भाद्र २०८०, १८:०९
सर्वोच्च अदालतका न्यायाधीश र मुख्य रजिष्ट्रारसहित दुई दर्जनमा कोरोना संक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्दाहेर्दैमा सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहसमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउनेछ । भोलि सार्वजनिक बिदा भएका कारण पर्सिमात्रै जवाफी बहस हुनेछ ।

गत भदौ ४ गते मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमा अध्यक्षा गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीको पनि मत लिएपछि त्यको विरोधमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

कार्कीले आफ्नो रिटमा गैरसंवैधानिकरुपमा लिएको विश्वासको मत बदर गरेर संविधान अनुसार आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग गरेका छन् ।

प्रतिक्रिया
sarbocha-adalat