विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु
जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो । सोमबार राति जङ्गली जनावरका लागि खेतमा विद्युतीय तारमा परेर कुँवरको मृत्यु भएको हो ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रतिक्रिया