वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । गएराति अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर एक पुरुषको ज्यान गएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
परिसर प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । उनी अन्दाजी ४०/४१ वर्षका देखिन्छन् । बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका उनले माथि तलामा गएर हाम फालेका थिए । उनले किन हाम फाले भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया