नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा

पालिका डायरी
१८ भाद्र २०८०, १०:११
कैलाली क्षेत्र नम्बर ५ मा आरजु सर्वसम्मत file photo

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।

आईतवार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पु¥याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखेकी छन्।

उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन् । उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।

उनले भनिन् – ‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुप¥यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

उनले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताइन् ।

प्रतिक्रिया