धानको परनिर्भरता हटाउँन उत्पादन बढाउँनुपर्छः प्रदेश प्रमुख शर्मा
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताउनुभएको छ । २० औं राष्ट्रिय धान दिवसका सन्दर्भमा विहीबार शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्माले कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने बताउँदै यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया


