म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

पालिका डायरी
८ फाल्गुन २०७९
हिरासत फोडेर भागेकामध्ये एक जना पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको इन्स्पेक्टर राजकुमार खड्गीले जानकारी दिए ।

उनका अनुसार रेग्मीले सामाजिक सञ्जाल फेसबूकमा गायक प्रमोद खरेलको चरित्रहत्या हुनेगरी स्टाटस पोष्ट गरेपछि उनको विरुद्ध प्रहरीमा प्रहरीमा उजुरी परेपछि उनी पक्राउ परेका हुन् । उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

प्रतिक्रिया